newskoseli.Com

‘रुख काटेर ऐस–आराम गर्न गोदावरीमा राजधानी’ : देउवाको आरोप– ओली सरकार नालायक !

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीले नेतृत्व गरेको वर्तमान सरकारलाई ‘नालायक सरकार’ को संज्ञा दिएका छन् ।

बालिका निर्मला पन्तको बलात्कारी र हत्यारालाई अझैसम्म पनि पक्राउ गर्न नसकेको भन्दै सभापति देउवाले सरकारको चर्को आलोचना गरे ।

नेपाल विद्यार्थी संघ, डडेलधुरा सम्पर्क समितिले शनिबार राजधानीमा आयोजना गरेको दसैंको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा राखेकामा समेत देउवाले आपत्ति जनाए ।

वातावरणीय लगायतका सबै हिसाबले उपयुक्त नभएको ठाउँमा सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको भन्दै सो निर्णयको विरोधमा उत्रन सभापति देउवाले पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए । रुख काट्ने र ऐस–आराम गर्ने नियतका साथ कैलालीको गोदावरीमा सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको आरोप सभापति देउवाले लगाए ।

धनगढीमा नै सबै हिसाबले सुदूरपश्चिम प्रदेशको राजधानी उपयुक्त हुने देउवाले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर