newskoseli.Com

प्रचण्डको प्रष्टोक्ति : एकता उल्ट्याउने षड्यन्त्र भयो; सरकारले ‘गियर’ बदल्दै ‘पिकअप’ लिन्छ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यतिबेर पार्टी एकतालाई उल्टयाउने षड्यन्त्र भइरहेको दावी गरेका छन् ।

कसले, कहाँबाट र कसरी एकता उल्ट्याउन षड्यन्त्र र प्रयास गर्‍यो भन्नेबारे चाहिँ उनले केही बताएनन् । तर, त्यस्ता तत्त्वहरुलाई परास्त गर्ने चेतावनी चाहिँ उनले दिए ।

पार्टी संगठनहरुको एकीकरणका निम्ति पार्टीभित्र कुनै ठूलो व्यवधान नरहेको उल्लेख गर्दै एकतालाई छिट्टै पूर्णता दिइने उनले बताए । पार्टी एकतालाई सुदृढ बनाउँदै एकीकृत र एकढिक्का पार्टीलाई एक्कार्इसौं शताब्दीको समाजवादी बाटोमा अघि बढाउने दावी उनले गरे ।

त्यसैगरी, सरकारका काम–कारबाहीबारे पार्टीभित्रैबाट आलोचना हुँदै र प्रश्न उठ्दै आइरहेकोतर्फ संकेत गर्दै जनताले महशुस गर्नेगरी सरकारका काम–कारबाहीलाई प्रभावकारी बनाउन मेहनत गर्ने उनले बताए । गाडीले ‘गियर’ बदल्दै ‘पिकअप’ लिएजसरी नै अब सरकारले पनि ‘गियर’ बदलेर काम–कारबाहीमा गति दिने दावी अध्यक्ष प्रचण्डले गरे ।

सामाजिक न्यायसहित समृद्धिको एजेन्डामा सरकार दृढ रहेको प्रचण्डले दोहोर्‍याए । दसैं–तिहार, छठलगायतका पर्वको अवसरमा शुभकामना आदान–प्रदानका लागि शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आइतबार बस्ने सचिवालयको बैठकले पार्टी एकीकरणका बाँकी काम र सरकारले लिने गतिका विषयमा निर्णय लिने बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर