newskoseli.Com

मनपरी शुल्क लिने विद्यालयलाई कारबाही गर : १४ विद्यार्थी सङ्गठन

संयुक्त विद्यार्थी सङ्गठनले मनपरी शुल्क लिने विद्यालयमाथि कारबाही गर्न माग गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बिहीबार ज्ञापनपत्र बुझाएको छ ।

विभिन्न १४ विद्यार्थी सङ्गठन सम्मिलित टाेलीले तीन दिनभित्र छानबिन गरी कारबाही गर्नुपर्ने माग गरेको छ । विद्यार्थी नेता आरसी लामिछानेले मन्त्रालयले गठन गरेको अनुगमन समितिको कामकारबाही आफूहरुलाई चित्त नबुझेको बताउँदै अझै विद्यालयले मनपरी ढङ्गले शुल्क असुली गरिरहेको जानकारी दिए ।

अनुगमन गरिएका डिएभी, ग्यालेक्सी, सिद्धार्थ वनस्थलीलगायतका १० विद्यालयको नाम समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
उक्त ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले यस विषयमा आफू गम्भीर रहेको बताउँदै प्याब्सन तथा एनप्याब्सनलाई शिक्षा निर्देशिका लागू गराउन दिने प्रतिबद्धता व्यक्त गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर