newskoseli.Com

हजार विद्यार्थीका शिक्षकले तलब पाएनन, विद्यालयमा गरे तालाबन्दी

लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि, लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् ।

दसैंको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा र प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्यालयमा तालाबन्दी गरिएको शिक्षक रामकुमार साहले जानकारी दिए ।

आफूहरुले तलब नपाएसम्म विद्यालयमा तालाबन्दी जारी रहने र पठनपाठन नगर्ने शिक्षकहरुले बताएका छन् । यता, विद्यालयका प्राध्यनाध्यापक परमेश्वर रायले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर लहान नगरपालिकामा बुझाए पनि तलब निकासा नगरेकाले शिक्षकहरुलाई तलब उपलब्ध गराउन नसकिएको बताए ।

विद्यालयमा पटक–पटक तालाबन्दी हुँदा १ हजार विद्यार्थीको भविष्य अन्धकार बन्दै गएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर