newskoseli.Com

नेकपाको सचिवालय बैठक निष्कर्षहीन : मिलेन पार्टीभित्रको विवाद, के–के भए छलफल ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालय बैठक पार्टीभित्र उत्पन्न विवादको समाधान नगरी निष्कर्षविहीन नै टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठक २४ गते (बुधबार) बिहान ८ बजे फेरि बस्ने गरी सकिएको जानकारी नेता वामदेव गौतमले दिएका छन् । सोमबारको बैठकले पार्टीमा देखिएका पछिल्ला असन्तुष्टि, स्थायी कमिटी बैठकको तयारीलगायतबारे निर्णय लिने अपेक्षा गरिए तापनि ती विषयमा खासै छलफल नै नभई बैठक सकिएको हो ।

पार्टीभित्र उत्पन्न असन्तुष्टि, सरकारको समीक्षा, प्रधानमन्त्रीको विदेश भ्रमणको ब्रिफिङ र स्थायी कमिटी बैठकको मिति तय गर्ने एजेन्डा यस बैठकका लागि तय गरिएका थिए । करिव ३ घन्टा चलेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आ–आफ्नो विदेश भ्रमणबारे जानकारी गराए ।

यसअघि बसेको सचिवालयको बैठकले पार्टीको प्रदेश कमिटीका पदाधिकारी चयन गरेको विषयमा समेत अध्यक्षद्वय ओली र प्रचण्डले ब्रिफिङ गरे । असोज ५ को निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपाल र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि बैठकमा आ–आफ्ना असन्तुष्टि राखेको एक नेताले जानकारी दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर