newskoseli.Com

वामदेवले के भने रामवीर मानन्धरलाई ? (गौतमको स्ट्याटससहित)

काठमाडौं– ७ का नेकपा सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर उपचुनावमार्फत संसदमा भित्रने गृहकार्यमा रहेका नेकपाका नेता वामदेव गौतमले रामवीर मानन्धरप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

मंगलबार साँझ आफ्नो ‘फेसबुक पेज’ मा पोस्ट लेख्दै गौतमले भनेका छन्– ‘नतमस्तक छु कमरेड रामवीर मानन्धर, तपाईंले आज पत्रकार सम्मेलन गरेर जुन अभिव्यक्ति दिनुभयो, त्यो विचारले मेरो कद अझ उँचो बनाएको छ । संगठनका लागि हामी दुवै जना सिपाही हो ।’

नेता गौतमले अगाडि लेखेका छन्– ‘भोलिका दिनमा संगठनले मलाई दिने भूमिका र तपाईंले गरेको त्यागप्रति आँच आउन दिनेछैन । पार्टीको गरिमालाई उँचो राख्न र तपाईंले मप्रति देखाउनुभएको विश्वासलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैन । पार्टीले हामीलाई भूमिका र जिम्मेवारी जे–जस्तो दिए पनि जनताको काममा सधैं सँगै रहनेछौं ।’

यस्तो छ गौतमको पोस्ट–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर