newskoseli.Com

कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको निधन : जो ६ वर्षदेखि अर्थचेत अवस्थामै थिए…

 

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको शनिबार राति १० बजेर २० मिनेटमा खुमलटारस्थित निवासमै निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

बास्तोलालाई बाँसवारीस्थित न्यूरो अस्पताल लगिएको थियो । तर, अस्पतालले उपचार सम्भव नरहेको भन्दै ‘डिस्चार्ज’ गरिदिएको थियो । लगत्तै निवासमा लगिएका उनको ७४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बतायो ।

नेता बास्तोला मस्तिष्काघातका कारण ६ वर्षदेखि नै अर्धचेत अवस्थामा निकै कष्टकर जीवन बिताइरहेका थिए । २०६९ पुस १४ मा विराटनगरको एक भेलालार्इ सम्बोधन गर्दागर्दै लडेपछि उनलाई मस्तिष्काघात भएको थियो ।

जनआन्दोलनमा सक्रिय भूमिका निभाएका बास्तोला कांग्रेसमा बौद्धिक नेता मानिन्थे । आइतबार पशुपतिस्थित आर्यघाटमा उनको अन्त्येष्टि गर्ने कार्यक्रम रहेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर