newskoseli.Com

धमाधम कानुन पढ्दै ‘जनप्रतिनिधि’ र शिक्षकहरु

नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगर महेन्द्र बहुमुखी क्याम्पसमा कानुन विषय अध्ययनका लागि भर्ना भएकी छन् । ‘न्यायिक समितिको जिम्मेवारी निर्वाह गर्न कानुन जान्नैपर्ने भएकाले एलएलबी अध्ययनका लागि क्याम्पसमा भर्ना भएकी हुँ’– उनले भनिन् ।

उपप्रमुख मगर मात्र होइन, अन्य ‘जनप्रतिनिधि’ पनि एलएलबी अध्ययनका लागि उक्त क्याम्पसमा भर्ना भएका छन् । कैलाली घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी, पूर्वमन्त्री सर्वदेव ओझा, वडा अध्यक्षलगायतका ‘जनप्रतिनिधि’ अहिले उक्त क्याम्पसमा भर्ना भएका छन् । ‘नयाँ ऐन–कानुन जान्नैपर्ने भएकाले कानुन विषयमा पढ्न भर्ना हुन चाहेको हुँ’– प्रवेश परीक्षा दिन आएका सल्यान क्याम्पसका प्राध्यापक मानबहादुर बीएमको भनाइ छ ।

दुई वर्षयता उक्त क्याम्पसमा एलएलबी विषय पढ्ने विद्यार्थीको सङ्ख्या अप्रत्यासित रुपमा बढेको छ । करिव १ हजार ४ सय जनाभन्दा बढीले एलएलबी अध्ययन गर्न यस क्याम्पसमा प्रवेश परीक्षाको आवेदन दिएका छन् । ‘एलएलबी अध्ययनका लागि आवेदन दिनेमा अरु विषयमा स्नातक र स्नातकोत्तर गरिसकेकाकै सङ्ख्या बढी छ’– निमित्त क्याम्पस प्रमुख निरञ्जन ज्ञवालीले बताए ।

२०७२ असोज ३ मा नयाँ संविधान जारी भएपछि थुप्रै कानुन परिवर्तन भएका छन् । मुलकी ऐन (मुलकी संहिता) समेतमा थुप्रै कानुनी परिवर्तन गरिएको छ । मुलुकमा भएको कानुनी परिवर्तनसँगै कानुन विषय पढ्नेको आकर्षण पनि ह्वात्तै बढेको छ ।

‘शिक्षण पेशामा पनि नयाँ कानुन जान्नैपर्ने भएकाले कानुन विषय पढ्न भर्ना हुन चाहेको हुँ’— एमबीएस र बीएड गरिसकेका सुर्खेतका शिक्षक रणबहादुर खत्रीको कथन छ । उनीसँगै धनगढीका तेजबहादुर सिंहलगायत थुप्रै पेशाकर्मी एलएलबी पढ्न अग्रसर छन् ।

यो क्याम्पस पश्चिम क्षेत्रमा बुटवलपछिको सबैभन्दा पुरानो क्याम्पस हो । एलएलबी विषय बुटवलपछि नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा मात्र अध्यापन हुँदै आएको छ । दुई वर्ष पहिले महेन्द्र बहुमुखी क्याम्पसमा ९३ जना मात्र विद्यार्थी एलएलबी विषय अध्ययनका लागि भर्ना भएका थिए तर अहिले ७ सय ९८ विद्यार्थी अध्ययनरत छन् ।

यस वर्ष एलएलबी पढ्नका लागि उक्त क्याम्पसमा करिव १ हजार ४ सय विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । विशिष्ट ओहदामा बसेका व्यक्तिका लागि समेत आफ्नो काम गर्न कानुनको ज्ञान हुनुैपर्ने र राज्यको पुनर्संरचनासँगै कानुन विषय पढेकाले मात्रै रोजगारी पाउने सम्भावना देखिएकाले एलएलबी अध्ययनप्रति विद्यार्थी र पेशाकर्मीको आकर्षण बढ्दै गएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर