newskoseli.Com

माधव नेपालले भने– ‘प्रधानमन्त्रीज्यू, गल्ती गर्ने मन्त्रीलाई डण्डा लगाउनोस् !’

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा गल्ती गर्ने जोसुकैलाई कारबाही गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

मण्डन देउपुर नगरपालिकाले सञ्चालन गर्न लागेको नगरबस उदघाटन सभालाई आइतबार कुन्ताबेंसीमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भने– ‘वर्तमान सरकारले राम्रो गर्छ भन्ने अपेक्षा स्वदेश र विदेशमा बस्ने सबैजसो नेपालीले गरेका छन् त्यसैले गल्ती गर्ने कसैलाई नछोड्नोस् प्रधानमन्त्रीज्यू, मन्त्री होस् वा अन्य कुनै ओहोदाको होस्, डण्डा लगाएर तह लगाउनोस् ।’

प्रदेश नं. ३ को राजधानी कहाँ राख्ने भन्ने विषयमा सबै पक्ष छलफलमा जुट्नुपर्ने नेता नेपालले बताए । उनले भने– ‘काभ्रेपलाञ्चोकमा नै राजधानी राख्ने विषयलाई पनि तर्कद्वारा पुष्टि गर्नुहोस् ।’

बनेपास्थित नागीडाँडामा आन्तरिक विमानस्थल बनाउने विषयमा आफूले पनि गम्भीर रुपमा पहल गर्ने नेता नेपालले बताए । अनौठो कुरा त यो छ कि केही दिनअघि मात्र संसदीय समितिमा बोल्दै नेता नेपालले नागीडाँडामा विमानस्थल बनाउने कुराको चर्को विरोध गरेका थिए । पाँचखाल नगर चीनसँगको व्यापारका लागि उपयुक्त भएकाले काभ्रेपलाञ्चोकको महत्त्व निकै रहेको उनले बताए ।

स्थानीय जनप्रतिनिधिले स्थानीय तहमा सुशासन सिकाएर जनताको आँखाको नानी बन्नुपर्ने नेता नेपालले बताए । उनले भने– ‘जनताको आँखाको नानी बन्ने उपाय खोज्नोस्, जनतालाई सेवा–सुविधा दिन नसके वर्तमान जनप्रतिनिधि र सरकारको औचित्य पूरा हुँदैन ।’

नगरपालिकाले हेलम्बु यातायात सेवा समितिसँग समन्वय गरी आफ्नो क्षेत्रमा ६ वटा नगरबस सञ्चालन गरेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर