newskoseli.Com

झलनाथले पोखे सरकारप्रति असन्तुष्टि : ‘सानातिना विषयमा अल्झिँदा नागरिक निराश’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पनि सरकारको कामप्रति सार्वजनिक रुपमै असन्तुष्टि प्रकट गरेका छन् ।

सरकारले  जनअपेक्षा अनुसार काम गर्न नसकेको जिकिर वरिष्ठ नेता खनालले गरेका छन् ।

‘सरकार सानातिना विषयमा अल्झिँदा नागरिकमा निराशा बढ्यो,’ राजधानीमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले भने– ‘महँगी नियन्त्रणमा ठोस कदम नचाल्दा उपभोक्ता मारमा परेका छन् र विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा शक्तिशाली भनिएको सरकार पनि उस्तै रहेछ भन्ने सन्देश जनतामा जान थालेको छ ।’

संविधान कार्यान्वयमा भने सरकार सफल रहेको दावी नेता खनालले गरे । सीमित कमीकमजोरी सुधार्दै जनविश्वास कायम राख्न सरकारले आफ्नो भूमिका बढाउनुपर्ने सुझाव नेता खनालले दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर