newskoseli.Com

टीकाका दिन प्रधानमन्त्री : बुबा र राष्ट्रपतिसँग लगाउने; सचिवालय, मन्त्री, सांसद र कार्यकर्तालाई लगाइदिने !

२ कात्तिक, २०७५ : बडादसैंको मुख्य दिन अर्थात् विजयादशमी । ठूलाका हातबाट टीका ग्रहण गर्ने दिन । मुलुकको कार्यकारी प्रमुख छन् नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री ओलीले बिहान ९ः४५ देखि १० बजेसम्म पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्ने जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ ।

टीकाका दिन यस्तो छ प्रधानमन्त्री ओलीको कार्यसूचीः

बिहान ९ः४५ – १०ः०० : पिता मोहनप्रसाद ओलीको हातबाट प्रधानमन्त्री ओलीले टीका ग्रहण गर्ने ।
बिहान १०ः०० पछि : प्रधानमन्त्रीबाट प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुले टीका ग्रहण गर्ने ।
दिउँसो १ः०० : राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री ओलीले टीका ग्रहण गर्ने ।
दिउँसो २ः०० : प्रधानमन्त्रीबाट मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारीले टीका ग्रहण गर्ने ।
अपराह्न ३ः३० – ५ः३० : प्रधानमन्त्रीबाट पार्टी कार्यकर्ता तथा सर्वसाधारणहरुले टीका ग्रहण गर्ने ।
साँझ ६ः०० पछि : प्रधानमन्त्रीबाट परिवारका सदस्यहरुले टीका ग्रहण गर्ने ।

यसका अतिरिक्त एकादशी (कात्तिक ३) देखि चतुर्दशी (कात्तिक ६) सम्म बिहान ९ः०० देखि ११ः०० सम्म कार्यकर्ताहरु तथा शुभचिन्तकहरुले प्रधानमन्त्रीको हातबाट टीका ग्रहण गर्ने समयतालिका तय गरिएको प्रधानमन्त्रीको सचविालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर