newskoseli.Com

डा. बाबुरामको माग : पुरुष–महिला दुवैलाई दसैंको आशिष एउटै होस् !

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले दसैंको आशिष दिँदै भट्याइने शाश्त्रीय श्लोक पुरुष र महिलाको बेग्लाबेग्लै भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

दसैंको टीकाको पूर्वसन्ध्यामा बिहीबार साँझ सामाजिक सञ्जाल ‘ट्विटर’ मा ‘ट्विट’ गर्दै डा. भट्टराईले भनेका छन्– ‘दसैंको टीकामा मान्यजनले आशिष दिँदा छोरा र छोरी वा महिला र पुरूषलाई भिन्न–भिन्न प्रकारको आशिष दिनुसट्टा एउटै प्रकृतिको दिने चलन बसाले कसो होला ? आखिर दीर्घायु, सुयश, ऐश्वर्य, मान, कीर्ति, बल, गति, शौर्य, विज्ञान, सत्यजस्ता गुणको लिंग हुँदैन र सबैलाई ती गुण चाहिन्छ । पण्डितजीहरूको ध्यान पुगोस् !’

डा. भट्टराईले आफ्नो ‘ट्विट’ मा पुरुष र महिलालाई आशिष दिँदै भट्याइने संस्कृत श्लोकको हस्तलिखित प्रतिको ‘स्क्यान कपी’ समेत समावेश गरेका छन् ।

यस्तो छ पूर्वप्रधानमन्त्री भट्टराईको ‘ट्विट’–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर