newskoseli.Com

कालिकोटमा मारिएका १४ चेपाङ परिवारले दिए
देउवा र कटवालविरुद्ध उजुरी

कालिकोटको कोटवाडास्थित निर्माणाधीन विमानस्थलमा मारिएका जोगीमारा चेपाङ मजदुरहरुका आफन्तजनहरुले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन प्रधानसेनापती रुक्माङ्गत कटुवाल बिरुद्ध उजुरी दर्ता  गराएका छन् ।

त्यस्तै तत्कालीन कालिकोट प्रजिअ र तत्कालीन कालिकोट स्थित नेपाली सेनाका गणपतीबिरुद्ध धादिङको शान्ति समितिमा उजूरी दर्ता गराएका हुन् ।

माओवादीको आशंकामा तत्कालिन शाही नेपाली सेनाको टोलीले २०५८ फागुन ११ गते ३५ जनालाई लाइन लगाएर गोली हानि हत्या गरेको थियो ।

नेपाली सेनाको कारबाहीमा परी मृत्यु हुनेमध्ये १७ जना धादिङ जिल्ला स्थित जोगीमारा वडा नम्बर १, ५ र ७ हेकराङ्ग, कोचराङ्गका मजदुर थिए ।

‘घटनाबिरुद्ध हामीले सर्वोच्च अदालतमा २०५९ जेठ २७ गते उजूरी दर्ता गराए पनि हालसम्म फैसला भएको छैन। उनीहरुले  भने आज फेरी  हामीले  शान्ति समितिमा दिएका छौ ।

१४ परिवारहरुमा कुम्ले, सानुकान्छा, तिलु, डिला चेपाङ लगायत १४ घर चेपाङका विष्णु , वुद्धिवीर, गोविन्दलगायतले उजुरी दर्ता गराएका हुन् ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर