newskoseli.Com

कांग्रेस उपसभापतिमा दुई मधेसी : वरिष्ठतामा को अगाडि ?

मंगलबारदेखि नेपाली कांग्रेसमा मधेसबाटै प्रतिनिधित्व गरेका दुई नेता उपसभापति भएका छन् ।

विमलेन्द्र निधि केही महिनाअघि उपसभापतिमा मनोनीत भएका थिए । अर्का नेता विजयकुमार गच्छदार मंगलबार उपसभापतिमै मनोनीत भए । यी दुई नेताामध्ये को वरिष्ठ भन्ने अर्को प्रश्न कांग्रेसमा खडा भएको छ । यद्यपि पहिले मनोनीत गरिएका निधि नै वरियतामा अगाडि रहने भएका छन् ।

वरियता क्रममा गच्छादारभन्दा निधि नै अगाडि रहने कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । पहिले आफू र उनी नियुक्त भइसकेको भन्दै पार्टीमा निधिपछिको दोस्रो उपसभापति गच्छादार भएको उनले बताए ।

‘यो कुरा उहाँलाई पनि थाहा छ र सहमत हुनुहुन्छ’– निधिले आफूनिकट नेताहरुसँग भनेको एक नेताले बताए । तर, गच्छदारलाई मनोनीत गरिएको औपचारिक जानकारी दिने क्रममा केन्द्रीय सदस्य रमेश लेखकले भने वरियता पछि टुंगो लाग्ने बताएको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर