newskoseli.Com

नेकपाको एकता यसरी टुंग्याइँदैछ मंसिरभित्रै !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रियालाई टुङ्गो लगाउने गरी गृहकार्यका लागि गठित दुई सदस्यीय कार्यदलले मंसिर मसान्तभित्र एकता प्रक्रिया टुङ्गो लगाउने गरी कामकाज भइरहेको बताएको छ ।

नेकपाको केन्द्रीय सचिवालयकाो बैठकले कात्तिक ८ मा दुई सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई प्रदेश कमिटीको सदस्य संख्या, केन्द्रीय सदस्यहरुको जिम्मेवारी तथा पार्टीको तल्लो स्तरसम्म तथा जनवर्गीय संगठनहरुको एकता प्रक्रिया टुंग्याउने गरी लागि गृहकार्य गर्ने जिम्मेवारी दिइएको थियो ।

सोही जिम्मेवारी अनुरुप कार्यदलले सघन रुपमा काम गरिरहेको नेकपाका महासचिव तथा कार्यदलका सदस्य विष्णुप्रसाद पौडेलले बताए । आफूले गृहकार्य गरी तयार पार्ने प्रतिवेदनलाई पार्टीको सचिवालय बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी कार्यदलले पाएको छ ।

कार्यदलले गृहकार्यलाई अन्तिम रुप दिइनसकेकाले सचिवालय बैठक बस्न सकेको छैन । यसअघि कात्तिक १२ र १३ का लागि स्थायी कमिटीको बैठक आह्वान गरिए पनि प्रधानमन्त्रीको अस्वस्थता र कार्यदलको तयारी नपुगेको भन्दै अन्तिम समयमा बैठक ‘अर्को सूचना जारी नहुँदासम्मका लागि’ स्थगित गरिएको थियो ।

स्थायी कमिटीके बैठक सार्ने निर्णय भएलगत्तै पार्टीभित्र नेताहरुले विरोध गरेका थिए । जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता घोषणा भए पनि सो दलले तल्लो स्तरसम्म एकता प्रक्रिया टुंग्याउन सकेको छैन ।

५ महिना पूरा हुँदा समेत पार्टीको एकता प्रक्रिया नटुङ्गिएकाले पार्टीक कार्यकर्ता र नेताहरुबीच टीकाटिप्पणी हुने गरेको खबर आइतबारको गोरखापत्र दैनिकमा प्रकशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर