newskoseli.Com

विप्लवप्रति वर्षमानको यति ‘तुच्छ’ टिप्पणी !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले विगतमा आफ्नै समकक्षी सहयोद्धा रहेका विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति ‘तुच्छ’ टिप्पणी गरेका छन् ।

पछिल्लो पटक देशमा भएको रुपान्तरण नरुचाउने शक्तिले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई ‘प्रयोग गर्न सक्ने’ आशंका मन्त्री पुनले व्यक्त गरेका छन् । सोमबार गृहजिल्ला रोल्पाको सदरमुकाम लिबाङमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पुनले यस्तो टिप्पणी गरेका हुन् ।

‘जनताको त्याग–तपस्या र बलिदानस्वरुप आएको संघीयता, धर्मनिरपेक्षता, समावेशीकरण र गणतन्त्र मन नपरेका शक्ति सलबलाउन लागेको बताउँदै तिनै शक्तिले विप्लवजीलाई पनि प्रयोग गर्ने सम्भावना देखिएको छ’– मन्त्री पुनले भने ।

अझै पनि ‘संक्रमणकालको केही अंश’ बाँकी रहेको बताउँदै यस्तो अवस्थाको फाइदा उठाएर परिवर्तन उल्टाउने हर्कत देखिन थालेको अभिव्यक्ति मन्त्री पुनले दिएको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर