newskoseli.Com

किन भौंतारिँदैछन् नारायणकाजी कमरेड ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ पछिल्ला दिनमा धेरै नै निराश भएको उनी निकट स्रोतले बताएको छ ।

प्रवक्ता श्रेष्ठ आजभोलि आफ्ना असाध्यै ‘विश्वासिला’ मान्छे बाहेक कसैलाई पनि भेट्न इच्छुक नरहेको उक्त स्रोतको दावी छ । ‘मान्छेहरु साह्रै नै उपभोक्तावादी भए सत्य र असत्य कुरा आ–आफ्नो फाइदा–बेफाइदाअनुकूल तौलेर मात्रै बोल्न थाले’– श्रेष्ठको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।

‘कम्युनिस्ट पार्टी ‘कम्युनिस्ट’ जस्ते नभएर ‘कमाउनिस्ट’ जस्तो हुँदै गएको छ,’ प्रवक्ता श्रेष्ठको भनाइ उद्धृत गर्दै स्रोतले अगाडि भन्यो– ‘प्रशासनिक सल्लाहकारको जागिर खान गएका नारायण दाहाललाई तीन नम्बर प्रदेशजस्तो महत्त्वपूर्ण प्रदेशका कमरेडहरुको राजनीतिक भविष्य निर्धारण गर्न दिएर पार्टी बन्छ ? स्कार्पियो गाडीमा सान देख्ने, विलासी र महँगो गाडी नचढ्दा इज्जत जान्छ भन्नेलाई नेता बनाउँदा पार्टी, आन्दोलन होइन– व्यक्ति मात्रै सुध्रिन्छ ।’

एमाले त एजेन्डा नै नभएको ‘स्वार्थ–समूह’ मात्र भएको भन्दै निःस्वार्थपूर्वक लामो जनआन्दोलन र जनयुद्ध गरेको पार्टीको चाबी नारायण दाहालजस्ता जागिरे, व्यवसायी मनोवृत्तिका मान्छेलाई हावी गराउँदा कसरी चल्छ भनी प्रवक्ता श्रेष्ठले प्रश्न गरेको स्रोतको दावी छ ।

‘प्रदेश– २ मा त झन् बर्बाद नै भयो, विश्वनाथ साहजस्ता सन्तुलित र समन्वयकारीलाई पछाडि धकेलेर प्रभु साहलाई अगाडि सारेर हुन्छ ? उनी आफैं सांसद पनि छन्, एक नेता– एक कार्यकारी पद दिए न पार्टी बन्छ’– श्रेष्ठको भनाइ रहेको स्रोतको दावी छ ।

‘कम्युनिस्ट आदर्शको राजनीति सिकाउने राम कार्कीले मन्त्री छँदा पहुँचका आधारमा एफएम लिएर ब्ल्याकमा बेचेको कुरा बाहिर आएको छ, पत्रकार साथीहरुले प्रश्न सोधिरहन्छन्, त्यतिसम्म त नगरेको होला भनेको छु, यस्तो काम नहोला भनेर भन्न आफैं सक्दिनँ’– प्रवक्ता श्रेष्ठको दुःखेसो स्रोतले उद्धृत गर्‍यो ।

स्वच्छ छवि र प्रष्ट वक्ता रहेका प्रवक्ता श्रेष्ठ पार्टीलाई संस्थागत बनाउनुपर्छ भन्ने सवालमा माधवकुमार नेपालसँग सहकार्य भए पनि राष्ट्रियताको एजेन्डामा प्रधानमन्त्री तथा अध्यक्षसँग बढी मिल्ने खबर सोमबारको साँघु साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर