newskoseli.Com

कार्यविभाजनको कसरतमा नेकपा : के–के निर्णय भयो, केमा अल्झियो ?

पार्टी एकता भएको ७ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारीमा जुटेको छ ।

जनवर्गीय संगठनको एकता प्रक्रियामा शीर्ष नेतृत्वबीच किचलो भएपछि त्यसलाई थाती नै राखेर केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो । लामो समय बितिसक्दा समेत केन्द्रीय सदस्यहरु भूमिकाविहीन भएको भन्दै चौतर्फी रूपमा नेतृत्वको आलोचना शुरू भएपछि सचिवालयको बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागेको छ ।

पार्टीको सांंगठनिक एकता प्रक्रियामा विवाद भएपछि सचिवालयको बैठकले स्थायी समितिमार्फत कार्यविभाजन गरेर पार्टीका ४ सय ४१ जना केन्द्रीय सदस्यलाई कार्यक्षेत्रमा खटाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको नेकपाको सचिवालय बैठकमा पार्टीको सांगठनिक एकीकरणसम्बन्धी कार्यदलको प्रस्तावबारे छलफल भएको छ ।

बैठकले महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा ‘बादल’ सम्मिलित कार्यदलले बिहीबार पेस गरेको सांगठनिक एकीकरणसम्बन्धी प्रस्तावमाथि छलफल गरेको हो । छलफलमा उठेका विषयवस्तुलाई आवश्यक पुनर्विचार गरी निर्णय लिन स्थायी समिति बैठक बोलाउने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले काठमाडौंमा क्रियाशील विभिन्न जनसंगठन र विशेष क्षेत्रका नेता–कार्यकर्ता समेट्ने गरी विभिन्न जिल्ला कमिटीहरु र तिनलाई समेट्ने गरी विशेष प्रदेश कमिटी समेत गठन गर्ने निर्णय गरेको खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर