newskoseli.Com

किराँतीको कटाक्ष : ‘केपी–प्रचण्ड नचिनेका विष्ट होइनन्, देखिसकियो समाजवाद र समृद्धि !’

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड आफूहरुका लागि नयाँ पात्र नभएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय संयोजक गोपाल किराँतीले उनीहरुविरुद्ध कटाक्ष गरेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शनिबार आयोजना गरेको जनसभामा बोल्दै किराँतीले आफ्नो नेतृत्वमा पार्टी पुनर्गठन गर्नु पर्नाको कारण खोल्दै ओली र प्रचण्डले जनता ढाँट्न प्रचार गर्दै आएको समाजवाद र समृद्धि पनि आफूहरु र जनताले देखिसकेको उनले बताए ।

प्रचण्डहरु एमालेमा ‘बिलय’ भएपछि आफूहरुले पार्टी पुनर्गठन गर्दै गर्दा पत्रकारहरुले ‘कसरी गर्नुहुन्छ’ भनेर प्रश्न गरेको र आफूले केपी–प्रचण्ड नचिनेका विष्ट होइनन्, हेर्दै जानुहोला, उनीहरुको समाजवाद र समृद्धि चार वर्षमै देखिन्छ भन्ने गरेको उनले सुनाए । आफूले चार वर्ष भनेको तर ओली नेतृत्वको सरकार अहिले नै उखेर फाल्न सकिने अवस्थामा पुगेको दाबी किराँतीले गरे । आफूहरुले जनयुद्ध र वलिदानका कुनै पनि भावना नछाड्ने प्रतिबद्धता किराँतीले दोहोर्‍याए ।

सरकार खाल्टोमा भासिइसकेको भन्दै एमालेको कुनै पनि उल्लेख्य इतिहास नभएको दाबी किराँतीले गरे । नेपाली कांग्रेसले राणाशासन हटाएको र माओवादीले राजा हटाएको इतिहास भए तापनि एमालेले अहिलेसम्म कुनै पनि ऐतिहासिक कार्य नगरेको जिकिर किराँतीले गरे ।

थप यो पनि पढ्नुहोस्–
यो गीतसँगै सकियो विप्लवको आमसभा (भिडियोसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर