newskoseli.Com

यो गीतसँगै सकियो विप्लवको आमसभा (भिडियोसहित)

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजधानीमा वृहत् जनप्रदर्शनसहित आमसभा सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख वक्ताका रुपमा बोल्दै सो पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले वर्तमान संविधान, राज्यव्यवस्था र सरकारबाट राष्ट्रियता, जनतन्त्र र जनजीविकाका कुनै पनि समस्या समाधान हुन नसक्ने दावी गरे । ‘एकीकृत जनक्रान्ति’ का माध्यमबाट वैज्ञानिक समाजवादको स्थापनापछि मात्रै समग्र नेपाल र नेपालीका समस्या समाधान हुने भन्दै आफूहरुले नेतृत्व गरेको सोही अभियानमा जुट्न उनले कार्यक्रमका सहभागी र समस्त देशवासीमा आह्वान गरे ।

केही महिनाअघि कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाएर नेकपाले केपी–प्रचण्डका अगाडि सडकमा ल्याएर कारबाही गरी देखाउने उद्घोष समेत प्रवक्ता प्रकाण्डले गरे । ‘नेकपाले अनुसन्धान गर्छ, दोषी पत्ता लगाएर जनतासामु ल्याएर अपराधीहरुमाथि कारबाही गर्छ,’ उनले भने– ‘बलात्कार र हत्याको घटनामा सरकारमै बस्ने मान्छेहरु संलग्न भएकाले गृहप्रशासन लाचार बनेको छ ।’ निर्मला पन्तको हत्याको विरोधमा मंसिर १६ मा देशव्यापी विशाल संघर्ष गर्ने घोषणा गर्दै त्यसमा सहभागी हुन समेत प्रवक्ता प्रकाण्डले सबैमा अपिल गरे ।

अन्तिम वक्ताका रुपमा सम्बोधन गरेका नेता प्रकाण्डको मन्तव्यलगत्तै ‘सामना परिवार’ का कलाकारहरुले आकर्षक र जोशिलो क्रान्तिकारी नृत्य प्रस्तुत गरेपछि सभा विसर्जन गरियो । तलको भिडियोमा हेर्नोस्, सोही पार्टीका केन्द्रीय सदस्य चिरन पुनद्वारा रचना र संगीतबद्ध गरिएको ‘चमचम गर्ने खुकुरी’ बोलको जोशिलो गीत र नृत्य–

थप यो पनि पढ्नुहोस्–
किराँतीको कटाक्ष : ‘केपी–प्रचण्ड नचिनेका विष्ट होइनन्, देखिसकियो समाजवाद र समृद्धि !’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर