newskoseli.Com

वाग्मतीबाट आठ मेट्रिक टन फोहर व्यवस्थापन

वाग्मती सफाइको १५४ औँ हप्तामा कोटेश्वर महादेव मन्दिर आसपासको नदी परिसरमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

आजको सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत २२ संस्थाकोसहभागिता रहेको अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । सफाइ कार्यक्रममा खानेपानी तथा सरसफाइ सचिव सुरेशप्रकाश आचार्यले नदी सफाइका लागि नजिकका स्थानीयवासी जुट्नुपर्ने बताएका थिए ।

‘म पनि कोटेश्वरवासी भएकाले यस क्षेत्रमा भइरहेको सफाइमा निरन्तर आएको छु, वाग्मतीलाई पुरानै अवस्थामा पु¥याउने हो भने सुन्दरीजलदेखि चोभारसम्मका स्थानीयवासी प्रत्येक हप्ता एक दिन सफाइमा जुट्नुपर्छ’– उनले बताए ।

नेपाली सेनाले भने शुक्रबार नै सफाइ गर्न थालेको समितिका समाजशास्त्री माला खरेलले राससलाई जानकारी दिए । सफाइ अभियान विसं २०७० जेठ ४ गतेदेखि सुरु गरिएको थियो । हालसम्म सफाइमा सात लाखभन्दा बढी मानिस सहभागी भइसकेकोे बताइएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर