newskoseli.Com

देउवा–दृष्टि : ‘कांग्रेस रोगले गल्यो, कम्युनिस्टले देशलाई मास्दै जान्छन्’

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पार्टी एकताको थालनी जिल्ला तहबाट नै गरिनुपर्ने बताएका छन् ।

कांग्रेस पार्टीमा देखिएको गुटबन्दी अन्त्य गरी पार्टीलार्इ एकढिक्का पार्ने कामको सुरुआत धादिङ जिल्लाबाट नै हुनुपर्ने उनले बताए । नेपाली कांग्रेस धादिङका नेता एवम् पूर्वमहासमिति सदस्य तेजप्रसाद उप्रेतीको १३औं दिनको तिथिमा आयोजित श्रद्धाञ्जलि सभामा बोल्दै सभापति देउवाले भने– ‘कांग्रेस पार्टीलार्इ गुटबन्दीको रोगले गल्यो, एकता कायम गर्नु जरुरी छ । पार्टी एकता भएन भने कम्युनिस्ट शासनले देशलाई मास्दै जान्छ । ’

एकैसाथ सत्ताबाट हट्नु परेको र पार्टीभित्र समेत तीव्र आलोचना खेप्नु परेको अवस्थामा देउवाले पोखेको छटपटीबारेको यो खबर सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर