newskoseli.Com

कांग्रेसमा एकैसाथ दुईतिर बैठक : देउवा निवासमा ‘संस्थापन’ को, कोइराला निवासमा ‘असन्तुष्ट’ को

बुधबार आफ्नो निवासमै कांग्रेस सभापति शेरबहादुर देउवा आफू निकट पदाधिकारी र केन्द्रीय सदस्यसँग छलफलमा व्यस्त थिए । ठीक त्यही बेला महामन्त्री डा. शशांक कोइरालाको निवासमा उस्तै छलफल चलिरहेथ्यो, संस्थापनइतर अर्थात् ‘असन्तुष्ट’ पक्षको ।

दुवै बैठकका एजेन्डा समान थिए– विधान संशोधन प्रस्तावमाथि केन्द्रीय कार्यसमितिमा बिहीबारदेखि हुने छलफलमा सामूहिक धारणा बनाउने । विषय एउटै भए पनि दुई बैठकका स्वार्थ भने फरक थिए ।

सभापति देउवाले आफ्नो पक्षका सदस्यको मात्रै बैठक बोलाउन थालेको इतरपक्षको आरोप छ । पार्टीभित्र सहमति जुटाउन देउवाले केही समय अघिसम्म पदाधिकारी, पूर्वपदाधिकारी र दुवै पक्षका वरिष्ठ सदस्यहरूको बैठक बोलाउने अभ्यास थालेका थिए । अहिले आ–आफ्नै पक्षका भेला चल्दै छन् ।

‘सभापति त सिंगो पार्टीको हुनुपर्ने हो तर अहिले एउटा ‘गुट’ को जस्तो देखिएको छ,’ नेता अर्जुननरसिंह केसीले भने– ‘सभापतिले बोलाएको भेलालाई लिएर बैठकमा सबैको आपत्ति थियो ।’ देउवानिकट सहमहामन्त्री प्रकाशरण महतले भने सभापतिबाट नभएर आफूहरूले नै विधानका विषयमा आ–आफ्ना चासो राखिएको बताए ।

‘सभापतिले बोलाउनुभएको बैठक होइन, हामीले नै विधानका विषयमा आ–आफ्ना ‘कन्सर्न’ राख्न पाउनुपर्‍यो भनेपछि छलफलका लागि बसेका हौं,’ उनले भने– ‘सभापतिले त यसमा मेरो केही छैन, तपाईंहरूको विचार के छ भन्नुहोस् मात्रै भन्नुभयो ।’

दुवै बैठक विधानको प्रस्तावित मस्यौदामा नमिलेका विषयमाथि नै केन्द्रित भए । दुवै पक्षबीच पदाधिकारी थप्ने–नथप्नेमा रस्साकसी छ । प्रस्तावित मस्यौदामा केन्द्रीय कार्यसमिति ८५ बाट बढाएर १ सय ३१ सदस्यीय बनाइँदा पनि पदाधिकारी नथपिएको विषयलाई इतरपक्षले मुद्दा बनाएको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर