newskoseli.Com

नेकपा सचिवालयले टुंग्यायो प्रदेश कमिटीको नामावली, अझै के–के बाँकी ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले सात वटै प्रदेश कमिटीमा रहने प्रदेश सदस्यहरुको नामावली टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालयको बैठकले सातै प्रदेश कमिटीहरुमा एकीकरणको टुङ्गो लगाउँदै ती कमिटीमा रहने सदस्यहरुको नामावली टुंग्याएको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् । सचिवालयले यसअघि नै प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवहरुको टुंगो लगाइसकेको छ ।

अझै केन्द्रीय समितिका सदस्यहरुको कार्यविभाजन, जिल्ला कमिटीहरुका इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष टुग्याउन तथा जनवर्गीय संगठनको एकीकरणसम्बन्धी निर्णय लिन बाँकी नै छ । सचिवालयको बैठक बिहीबार र शुक्रबार लगातार बस्ने र बाँकी रहेका ती विषयमा पनि छिट्टै टुंगोमा पुगिने जानकारी प्रवक्ता श्रेष्ठले दिएका छन् ।

यसरी सबै विषयलार्इ सचिवालयले टुंगोमा पुर्‍याइसकेपछि स्थायी कमिटीको बैठक बोलाइने र ती सबैलाई अनुमोदन गराइएपछि मात्रै सर्कुलर जारी गरेर व्यवहारतः लागू गर्ने नेकपाको तयारी छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर