newskoseli.Com

मनमोहन प्रावि शिलान्यास

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका १० स्थित मनमोहन प्राविको स्तरोन्नतिसँगै नयाँ थप विद्यालय भवनको शिलान्यास गरिएको छ ।

भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले विद्यालयको थप निर्माण हुने भवनको शिलान्यास गर्दै सबै नेपालीका सन्तानले अब शिक्षामा मौलिक हकका रुपमा सहज ढङ्गले पहुँच पाउने विश्वास व्यक्त गरे ।

मन्त्री सुब्बाले गरिबी वा अन्य कारणले बालबालिकालाई विद्यालय बाहिर राखिनुपर्ने अवस्थाको अन्त्य गरिने कार्यमा समाजले पनि ध्यान दिन जरुरी रहेको बताए ।

कार्यक्रममा इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले उपमहानगरपालिका क्षेत्रका कोही पनि बालबालिका शिक्षा प्राप्तिका लागि विद्यालय बाहिर नरहून् भनेर निगरानी गरिइरहेको बताए।

जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रु १९ लाख ५० हजार तथा स्थानीय स्रोत एवम् जिविसबाट प्राप्त रु १४ लाखसहित रु ३३ लाख ५० हजारको लागतमा सो भवनको निर्माण हुने बताइएको छ ।

थप विद्यालय भवनको निर्माणसँगै अब मनमोहन प्राथमिक विद्यालयको स्तरोन्नति भई निमाविका रुपमा कक्षा सञ्चालनमा आउने बताइएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर