newskoseli.Com

‘सरकार संघीयताविरुद्ध उभियो’ : कांग्रेस उपसभापति निधि

नेकपाका अध्यक्षा केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संघीयताका विरूद्ध उभिएको आरोप नेपाली कांग्रेसले लगाएको छ ।

ओली नेतृत्वको वर्तमान सरकारले जनताका पक्षमा कामै गर्न नसकेको दावी समेत प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गरेको छ ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस उपसभापति एवं सांसद विमलेन्द्र निधिले सरकार संघीयताको विपक्षमा उभिएको आरोप लगाएका हुन् । सरकार संघीयताविरुद्ध उभिएकाले आफूहरूले सशक्त विरोध गर्नु परेको दावी उनले गरे ।

आफ्नो पार्टी संघीयता, गणतन्त्र, समावेशिता र संविधान कार्यान्वयनको पक्षमा सशक्त ढंगले अघि बढ्ने तयारीमा रहेको भन्दै नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको उपसभापति निधिले दावी गरे । कांग्रेसभित्र गुट–उपगुट नरहेकोे दावी समेत उनले गरे । पार्टीको विधान मस्यौदामाथि विभिन्नखाले फरक मत रहेको तर त्यसैलाई गुट–उपगुटका रुपमा बुझ्नु नहुने उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर