newskoseli.Com

घुस लिँदै गरेको अवस्थामा प्रअ पक्राउ

अख्तियार दुरपयोग अनुसन्धान आयोग, पूर्व क्षेत्रीय सम्पर्क कार्यालय इटहरीको टोलीले आज एक प्रधानाध्यापकलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेका छन् ।

विराटनगर– ११, देवकोटाचोकस्थित रुपेश होटेलबाट मोरङको अमाही बरियाती–४ स्थित जनता उमाविका प्रधानाध्यापक रुद्रानन्द चौधरीलाई रु ६५ हजार सहित पक्राउ गरिएको आयोगका क्षेत्रीय प्रमुख रवीन्द्रप्रसाद शर्माले जानकारी गराए ।

एक प्रशिक्षार्थीलाई शिक्षक पदमा नियुक्ति गरिदिने भनेर उनले उक्त रकम लिँदै गरेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर