newskoseli.Com

सम्बन्धनको विरोधमा त्रिविमा नेविसंघको तालाबन्दी

विभिन्न कलेजहरुलाई नयाँ विषयमा सम्बन्धन दिइएको विरोधमा नेविसंघले त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा तालाबन्दी गरेको छ ।

कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुखहरुको कार्यकक्षमा नेपाल विद्यार्थी संघका विद्यार्थीले ताला लगाएका हुन् । ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) लगायत केही विषयमा मापदण्ड नपुर्‍याई आंगिक, सामुदायिक र निजी क्याम्पसहरुलाई सम्बन्धन दिएको विरोधमा ताला लगाउनुपरेको जानकारी नेविसंघ त्रिवि एकाइका जगदिश भट्टले दिएका छन् ।

त्रिविले हालै १ सय १६ क्याम्पसमा बीसीएलगायत अन्य केही विषयमा सम्बन्धन दिएको थियो । ती सबै सम्बन्धन खारेजीको माग गर्दै नेविसंघले मङसिर १६ मा ताला लगाएको हो । ती सम्बन्धन खारेज नभएसम्म तालाबन्दी यथावत रहने जानकारी भट्टले दिएका छन्।

तालाबन्दीका कारण कामकाज रोकिएको जानकारी योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा. ऋदिशकुमार पोखरेलले दिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर