newskoseli.Com

नेकपाको शीर्ष नेतृत्वमै विवाद : झोक्किएर बालुवाटारबाट किन हिँडे ४ नेता ?

सांगठनिक एकीकरणलाई लिएर सुरु भएको नेपाल कम्युनिस्ट पार्टी भित्रको विवाद शीर्ष नेताहरुबीच नै कित्ताकाटको अवस्थामा आइपुगेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्ष्कमल दाहाल ‘प्रचण्ड’ ले एकलौटी रुपमा पेलेर अगाडि बढेको आरोप लगाई सचिवालयका चार नेता बैठक समेत तोकिएको समयमै नभएको भन्दै शनिबार बैठक बहिष्कार गरेर बालुवाटारबाट बाहिरिए ।

सात वटा प्रदेशका पदाधिकारी र प्रदेश कमिटीका सदस्य चयनमा अध्यक्षद्वय ओली र प्रचण्डले एकलौटी निर्णय गरेको भन्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी नभएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर