newskoseli.Com

विद्यार्थीको भविष्यसँग जिस्कन्छन् त्रिविका कर्मचारी !

कोठा नम्बर १८ को झ्याल नजिकै आँशु पुछिरहेकी थिइन् विनिता बस्नेत । ट्रान्स्क्रिप्ट माग्दा उल्टै झपारेपछि उनको चित्त दुख्यो । आँसु बग्यो कार्यालय परिसरभित्रै । रिसाउँदै कर्मचारीले भन्दै थिए– ‘किन बारम्बर आइरहनुहुन्छ ? यहाँ कराएर मात्रै हुन्छ ?’

आफूभन्दा एक हप्तापछि बुझाएको साथीले ट्रान्स्क्रिप्ट पाए तर उनले पाइनन् । उनी धेरै बेर आँशु झार्दै झ्यालछेउमै उभिइरहिन् । कर्मचारीले फेरि झर्कंदै भने– ‘जानुस्, डिन कार्यालयमा गएर भन्नुस् ।’ झ्याल नजिकै बसेर उनले आफ्नो पीडा साथीहरूलाई सुनाउन थालिन् । भन्दै थिइन्– ‘एकातिर ट्रान्स्क्रिप्ट नभएर जागिर पा’को छैन, अर्कोतिर टीयूका कर्मचारीले मान्छे गन्दैनन् ।’

लाखौं विद्यार्थीको परीक्षा लिने त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुमा देखिएका यी तीन दृश्य त केवल प्रतिनिधिमूलक घटना मात्रै हुन् । यस्ता घटना विगतदेखि लगातार भैरहेकै छन् । मुलुकमा धेरैथरी परिवर्तन भैसक्दा पनि त्रिवि परीक्षा नियन्त्रण कार्यालयको हालत आज पनि उस्तै रहेको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर