newskoseli.Com

कक्षा–कक्षामै पुगे सांसद, दंग परे विद्यार्थी !

बर्दियाको बासगढी नगरपालिका– ७, लक्षमनस्थित पूर्णहीरा माविमा सोमबार साढे १० बजे संघीय सांसद सञ्जय गौतम एक्कासि झुल्किए ।

उनी आएको देखेर विद्यार्थीसँगै प्रधानाध्यापक गोपाल सुवेदी पनि अचम्मित भए । विद्यालयको शैक्षिकस्तर कसरी उकास्न सकिन्छ भन्ने विषयमा शिक्षकहरुसँग सुझाव लिइसकेपछि सांसद गौतमले प्रत्येक कक्षाकोठामा पस्दै विद्यार्थीका समस्या पनि सुने ।

भौतिक पूर्वाधार तथा शैक्षिक सामग्री अभाव हुँदा पनि कतैबाट सहयोग नभएको भन्दै विद्यार्थील दुःख व्यक्त गरे । आफूले सक्दो सहयोग गर्ने वचन सांसद गौतमले दिएपछि विद्यार्थीहरु खुसीले गद्गद् भए । उक्त विद्यालयमा कक्षा ९ मा अध्ययनरत रामबहादुर चौधरीले खुसी हुँदै भने– ‘हाम्रो समस्या सुनेका सांसद गौतमले पक्कै पनि सहयोग गर्छन् भन्ने आशा लागेको छ ।

सांसद गौतमको एक्कासि विद्यालय निरीक्षणसम्बन्धी यो खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर