newskoseli.Com

चोलेन्द्रशमशेर राणा प्रधान न्यायाधीशमा सिफारिस

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश चोलेन्द्रशम्शेर राणा प्रधान न्यायाधीशमा सिफारिस भएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले राणालाई सर्वसम्मतिबाट सिफारिस गरेको जानकारी परिषदका सदस्य तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिल्मिसिनाले बैठकपछि दिएका हुन् ।

न्याय परिषदको बैठकले प्रधान न्यायाधीशका लागि दीपकराज जोशी र राणालाई संवैधानिक परिषदमा सिफारिस गरेको थियो । संवैधानिक परिषदले सिफारिस गरेपछि नेपालको संविधानको धारा १२९ अनुसार राष्ट्रपतिले प्रधान न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

जोशी केही समयअघि संसदीय सुनुवाइमा असफल भए पनि पुनः सिफारिसमा परेका थिए । प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण पुस तेस्रो सातादेखि अनिवार्य अवकाश पाउँदै छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर