newskoseli.Com

ओली–नेपाल ‘लडाइँ’, प्रचण्ड ‘निर्णंयक’ !

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा समग्र पार्टी पंक्तिकै निम्ति २२ मंसिरको सचिवालय बैठक सम्भवतः अप्रत्याशित रह्यो ।

वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक ‘बहिस्कार’ गरे । नेतृत्वमा बैठकप्रति उदासिनता देखिएको र विधि–प्रक्रिया समेत नमानिएको आरोप उनीहरूले लगाउँदै आएका थिए । बैठक ‘बहिस्कार’ मा सोही दिनको ‘समय पालना’ लाई कारण देखाइए तापनि अन्य कारण चाहिँ उनीहरूले खुलाएका छैनन् ।

उक्त बैठकको भोलिपल्टै (२३ मंसिरमा) नेपाल–खनाल पक्षले आफूनिकट स्थायी समितिका सदस्यहरुको बैठक बोलाउन गरेको ‘प्रयास’ लाई २९ मंसिरमा स्थायी कमिटीको बैठक बोलाएर ओली–दाहालले तुहाइदिए । त्यसपछि ओली–नेपालबीच दसरी अझै बढेको छ । प्रदेश कमिटीका पदाधिकारी चयनदेखि नै तत्कालीन एमालेका ओली र नेपाल खेमाबीच असमझदारी बढ्दै गएको छ ।

ओली अप्ठ्यारोमा देखिएका छन् तर उनलाई दाहालले साथ दिने देखिएपछि ढाढस मिलेको छ । दाहालले ‘बीच बाटोबाट सहमति खोज्नुपर्छ’ भन्ने रणनीतिक जवाफ दिन थालेका छन् । महासचिव विष्णु पौडेल दुई अध्यक्षबीच समन्वयकारी भूमिकामा छन् । उनी यसमा दायाँबायाँ हुने पक्षमा छैनन् । त्यसका लागि उनको ‘क्रियाशीलता’ बढेको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर