newskoseli.Com

कांग्रेस महासमितिको बैठक : ६ वर्षपछि तामझामका साथ राजधानीमा सुरु

नेपाली कांग्रेसको महासमितिको बैठक शनिबार राजधानीमा सुरु भएको छ । बैठकको उदघाटन सभापति शेरबहादुर देउवाले गरेका छन् ।

सहिदहरुको सम्झनामा एक मिनेट मौनधारणबाट सुरु भएको उदघाटन सत्रपछि महासमितिको बैठकमा आर्थिक, सांगठनिक र राजनीतिक प्रतिवेदनहरु पेस हुनेछन् । बैठकमा छलफलका लागि पार्टीको विधान मस्यौदा पनि पेस गरिनेछ ।

महासमितिको यो बैठकमा देशभरबाट निर्वाचित महासमितिका सदस्य तथा जिल्ला सभापतिहरु, भ्रातृ र शुभेच्छुक संस्थाका नेता, मनोनीत महासमिति सदस्य, विदेशस्थित जनसम्पर्क समितिका प्रनिनिधि, निर्वतमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी १ हजार ७ सय जना सहभागी छन् । केन्द्रीय सदस्य तथा महासमितिका सदस्य नरहेका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु पनि बैठकमा सहभागी छन् ।

बैठक पुस ३ सम्म चल्नेछ । कांग्रेसको विधानमा प्रत्येक वर्ष महासमितिको बैठक गर्नुपर्ने व्यवस्था भए पनि ५ वर्ष ८ महिनापछि यो नै पहिलो बैठक हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर