newskoseli.Com

प्रधान न्यायाधीशमा चोलेन्द्रशमशेर सर्वसम्मत अनुमोदित

प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएका चोलेन्द्र शमशेर राणाको नाम सर्वसम्मतिबाट स्वीकृत भएको छ ।

संसदीय सुनुवाई समितिको मंगलबारको बैठकले राणालाई सर्वसम्मतिले स्वीकृत गरेको हो । राणाले न्यायलय सुधार गर्ने प्रतिबद्धता र कार्ययोजना पेस गरेको हुँदा प्रधान न्यायाधीशका लागि उनलाई स्वीकृत गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिबाट राणाको नाम स्वीकृत भएका उनले राष्ट्रपतिबाट सपथ लिएर पदभार ग्रहण गर्ने छन् । उनी ३ वर्ष, ११ महिना र केही दिन प्रधान न्यायाधीश रहने छन् । सुनुवाई समितिमा प्रस्तुत १५ पृष्ठको कार्ययोजनामा उनले भनेका छन्– ‘गौरवमय अदालत देख्न पाउनु हुनेछ, यो मेरो प्रतिबद्धता हो र यसबाट कदापि भाग्दिनँ ।’

उनी न्यायाधीश हुँदा गरेका केही फैसला विवादित रहेको भन्दै उनलाई प्रधान न्यायाधीश बनाउनु हुँदैन भनेर समेत सुनुवाई समितिमा केही दिन बहस चलेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर