newskoseli.Com

‘वाइडबडी भ्रष्टाचार’ अनुसन्धान गर्न सरकारले बनायो ३ सदस्यीय जाँचबुझ आयोग

वाइडबडी विमान खरिद प्रकरणमा भएको भनिएको अनियमितताबारे छानविन गर्न सरकारले ‘उच्चस्तरीय जाँचबुझ आयोग’ गठन गरेको छ ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेशसहित पूर्व मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा ३ सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यहरुमा पूर्व नायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टर्ड एकाउन्टेन्ट मदन शर्मा छन् ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले जाँचबुझ ऐन, २०२६ को दफा ३ (२) बमोजिम जाँचबुझ आयोग गठन गरिएको जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले दिएका छन् ।

संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले प्रतिवेदन तयार पारेको र सो प्रतिवेदनमा बहालवाला र पूर्व मन्त्रीहरु तथा नेपाल सरकारका सचिवहरु समेत दोषी भएको उल्लेखित हुँदा पैदा भएको तरंगबीच ‘वाइडबडी भ्रष्टाचार’ अनुसन्धान गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर