newskoseli.Com

० विद्यार्थी, ८ प्राध्यापक : त्रिभुवन विश्वविद्यालयको इतिहास विभाग !

नेपालको जेठो, ऐतिहासिक र विश्व र्‍यांकिङमा समेत अगाडि नै रहेको त्रिभुवन विश्वविद्यालयलाई काठमा धमिरा लागे झैं भित्रभित्रै खोक्रो, कमजोर र धराशायी पार्दै लगिएको छ ।

तीव्र राजनीतीकरण, आर्थिक भ्रष्टाचार र चौतर्फी अव्यवस्थाका कारण त्रिविका विभिन्न क्षेत्रका प्रसंगहरु हाँसो उठ्दो किस्सा झैं बन्न थालेका छन् । यसै मेसोमा अहिले त्रिविको इतिहास केन्द्रीय विभागमा ८ जना प्राध्यापक कार्यरत रहेको तर विद्यार्थी संख्या भने शून्य रहेको खबरले चर्चा पाएको छ ।

त्रिविको इतिहास विभागमा एक वर्षदेखि नै विद्यार्थी शून्य छन्, ती ८ प्राध्यापकको तलबका लागि भने त्रिविले वार्षिक ५० लाखभन्दा धेरै रकम खर्च गरिरहेको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर