newskoseli.Com

‘वाइडबडी भ्रष्टाचार’ : कंसाकार, देवकोटा र अधिकारी दोषी, मन्त्रीहरूलाई उन्मुक्ति !

संसदको सार्वजनिक लेखा समितिले ‘वाइडबडी खरिद भ्रष्टाचार प्रकरण’ मा अनियमितता गर्ने ‘मुख्य दोषीहरु’ बारे यसअघि उपसमितिले पेस गरेको प्रतिवेदनमा व्यापक परिमार्जन गरी बहालवाला र पूर्वमन्त्रीहरु तथा गृहसचिव प्रेमकुमार राई समेतलाई ‘उन्मुक्ति’ दिएको छ ।

लेखा समितिले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा र सोही मन्त्रालयका तत्कालीन सचिव शंकरप्रसाद अधिकारीलाई ‘मुख्य दोषी’ का रुपमा उभ्याउँदै उनीहरूमाथि कारबाहीका निम्ति अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

लेखा समितिको निर्देशनपछि अब उनीहरूमाथि भ्रष्टाचार विरुद्धको मुद्दा अघि बढाउन अख्तियारलाई मार्गप्रशस्त भएको छ । लेखा समितिले बहालवाला मन्त्री र पूर्वमन्त्रीहरूप्रति धेरै ‘लचक’ भई उनीहरुले ‘नैतिक जिम्मेवारी’ मात्रै लिनु पर्ने कुरा निर्णयमा उल्लेख गरेर मन्त्री एवं पूर्वमन्त्रीहरूलाई ‘वाइडबडी भ्रष्टाचार प्रकरण’ बाट उन्मुक्ति दिलाउनने निश्चितजस्तो परिस्थिति बनाइदिएको छ ।

समितिको सोमबारको बैठकले यस प्रकरणका मुख्य दोषीका रूपमा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार नै रहेको ठहर गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर