newskoseli.Com

‘माओवादी आयो, भ्रष्टाचारीहरु होशियार !’ वैद्य माओवादीको विरोध प्रदर्शन…

‘बाइडबडी प्रकरणका भ्रष्टाचारीहरुलाई कारबाही गर, कमरेड सुरेश तामाङलाई अविलम्ब रिहाई गर’ भन्ने नारा लेखिएको ब्यानरसहित नेकपा (क्रान्तिकारी माओवादी) ले राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को ३ नम्बर प्रदेश समितिले सोमबार काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा ‘माओवादी आयो, भ्रष्टाचारीहरु होशियार’, भ्रष्टाचारीहरुलाई कारबाही गर, सुरेश तामाङलाई रिहा गर, भ्रष्ट सरकार मूर्दावाद, निर्मला पन्तका हत्याराहरुलाई कारबाही गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, सन् १९५० लगायतका असमान सन्धि–सम्झौताहरु खारेज गर, भारतीय विस्तारवाद मूर्दावाद, नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद भन्दै सहभागीहरुले नारा लगाए ।

रत्नपार्कस्थित शान्ति बाटिकाबाट सुरु भएको विरोध र्‍याली सुन्धारा, नेपाल वायुसेवा निगमको कार्यालय अगाडि, न्युरोड, विशालबजार हुँदै इन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सो पार्टीका पोलिटब्युरो सदस्य एवं ३ नम्बर प्रदेश समितिका सचिव दिनेश शर्मा, पार्टीकी केन्द्रीय सदस् शारदा महत, भक्तपुर जिल्ला इन्चार्ज भरत बुर्जालगायतले सम्बोधन गरे ।

सोही पार्टीका केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला इन्चार्ज सुरेश श्रेष्ठको उद्घोषणमा सम्पन्न कोणसभामा बोल्ने वक्ताहरुले केपी ओली नेतृत्वको वर्तमान सरकार भ्रष्ट र दलालहरुको सरकार भएको आरोप लगाउँदै यस सरकारविरुद्ध जनताले विद्रोह गर्ने बेला आएको दावी गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर