newskoseli.Com

पाटन दरबार स्क्वायर क्षेत्रमा प्रधानमन्त्रीको अवलोकन (हेर्नोस् १४ तस्बिर)

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पाटन दरबार स्क्वायर क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रका सम्पदाको पुनर्निर्माणको अवस्थाका बारेमा जानकारी लिए ।

२१औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा २०७२ को भूकम्पले क्षतिग्रस्त स्मारकको पुनर्निर्माणको प्रगतिको अवलोकन गर्न प्रधानमन्त्री ओलीले यस क्षेत्रको भ्रमण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ललितपुरमा रहेका स्मारकको पुनर्निर्माण सन्तोषजनक रुपमा अघि बढेको भन्दै सन्तोष प्रकट गरे । पुनर्निर्माण चाँडो सम्पन्न गर्नका लागि सबै दत्तचित्त भएर लाग्नुपर्नेमा उनले जोड दिए । धार्मिक र सांस्कृतिक क्षेत्रको पुनर्निर्माणलाई सरकारले प्राथमिकता दिइरहेको बताउँदै अघि बढ्न नसकेका काठमाडौं उपत्यकाका स्मारकहरुको पुनर्निर्माण चाँडो सुरु गर्ने प्रतिबद्धता उनले जनाए । उनले भने– ‘पुनर्निर्माणलाई गति दिनका लागि जनप्रतिनिधि, स्थानीय तह, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र जनता सबैको भूमिका छ ।’

विश्वसम्पदा सूचीमा सूचीकृत यस क्षेत्रमा रहेका स्मारक र पुनर्निर्माणको अवस्थाबारे नगरप्रमुख महर्जनले प्रधानमन्त्री ओलीलाई जानकारी गराए । गृहमन्त्री अध्यक्ष रहेको ‘२१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समिति’ को व्यवस्थापन उपसमितिका संयोजक ललितपुर महानगरपालिकाका प्रमुख महर्जन छन् । सरकारले वर्षेनि माघ २ लाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा सचेतनामूलक कार्यक्रम गरेर मनाउँदै आएको खबर राससले प्रेषित गरेको छ ।

सबै तस्बिरः रोशन सापकोटा/रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर