newskoseli.Com

अभिभावकको आर्थिक अवस्था सुधार्न विद्यालयले बाँड्यो फलफूलका बिरुवा

दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङ्फेदी माध्यामिक विद्यालयले अभिभावकको आर्थिक अवस्था मजबुत बनाउन फलफूलका विरुवा वितरण गरेको छ ।

जनजाती र दलित समुदायको मात्र बासोवास रहेको यहाँका वासिन्दाले आर्थिक अभावका कारण बालबालिकालाई विद्यालय पठाउन नसकेकाले उनीहरूको आर्थिक उपार्जनमा सहयोग पुर्‍याउन निःशुल्क फलफूलका विरुवा उपलब्ध गराइएको जानकारी सहायक प्रधानाध्यापक प्रेम स्याङतानले दिए ।

उनका अनुुसार विद्यालयमा अध्ययनरत ३ सय ५ विद्यार्थीका लागि प्रतिविद्यार्थीका अभिभावकलाई दुईवटा विरुवा उपलब्ध गराइएको छ । उनीहरूलाई किबी, हलुवाबेद, अङ्गुर र आलुबखडाका विरुवा वितरण गरिएको हो ।

भौगोलिक रुपमा जिल्लाकै विकट यो ठाउँ उच्च स्थानमा रहेकाले कृषि उब्जनि पर्याप्त नहुँदा गरिबीमा रहेका अभिभावकले बालबालिका विद्यालय पठाउन छाडेकाले उनीहरुको आर्थिक स्थिति मजबुत बनाउन विरुवा उपलब्ध गराइएको गाउँपालिकाकी उपाध्यक्ष अञ्जु आचार्यले बताइन् ।

‘घ्याङ्फेदीको सिङ्गो १ नम्बर वडामा रहेको एक मात्र उक्त विद्यालययले यस वर्षदेखि कक्षा ९ सम्म अध्यापन सुरु गरेको छ । यसअघि यहाँका विद्यार्थीले कक्षा आठभन्दा माथि अध्ययन गर्न गाउँबाट टाढा जान नसेकाले धेरैले पढाइ छाड्दै आएका थिए ।

गाउँपाललिकाले गाउँमा नै माथिल्लो तहसम्मको अध्ययनका लागि आफ्ना बालबालिका विद्यालय पठाउने अभिभावकलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउने नीति अवलम्बन गरेपछि भर्ना भएका विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् । उक्त गाउँपालिकाले आधार डेभलमेन्ट नेपाल नामक संस्थासँगको सहकार्यमा सो कार्यक्रम अघि सारेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर