newskoseli.Com

देउवाको आक्रोश : राजा फालियो, अब पालो कम्यनिस्टको !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टलाई सरकारबाट हटाएरै छाड्ने दाबी गरेका छन् ।

शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका– ३, ग्वाल्टारमा योद्धा बाबुराम बरालको शालिक अनावरण गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ अग्रसर भएको आरोप लगाउँदै सरकारकाविरुद्ध सदन र सडकबाट सशक्त आन्दोलन गर्ने चेतावनी उनले दिएका छन् । सरकारले सदनबाट जबर्जस्ती रुपमा चिकित्सा शिक्षा विधेयक पास गरेकोमा आक्रोश पोख्दै पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले सरकारको यो कदम अधिनायकवादको एउटा उदाहरण भएको दावी गरे ।

त्यसको खिलापमा नेपाली कांग्रेस सदन र सडकबाट सशक्त रुपमा लड्ने चेतावनी दिँदै कांग्रेसकै नेतृत्वमा राजा हटाएको र अब हटाउनुपर्ने पालो कम्युनिस्टको आएको चेतावनी उनले दिएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर