newskoseli.Com

भेनेजुयला–प्रकरणसम्बन्धी समाचारबारे प्रचण्डको ध्यानाकर्षण

भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरो र उनलाई ‘कु’ गर्ने प्रयासमा लागेको अमेरिकाको विरोध गर्दै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र परराष्ट्र मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिबारे शुक्रबार पत्रपत्रिकामा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

शुक्रबार अपराह्न ‘अध्यक्ष प्रचण्डको निजी सचिवालय’ का नाममा प्रेषित ‘भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण’ शीर्षक विज्ञप्तिमा भनिएको छ– ‘भेनेजुयलाको राजनीतिक संकटका विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष र नेपाल सरकारद्वारा जारी वक्तव्य नै आधिकारीक भएको स्पष्ट पार्न चाहन्छौं ।‘

विज्ञप्तिमा भनिएको छ– ‘केही सञ्चार माध्यमहरुले विषयलाई अतिरञ्जित ढंगले तोडमरोड गरी भ्रम सिर्जना गर्न खोजेकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता भ्रामक र कपोलकल्पित समाचारको पछि नलाग्न सबैमा आग्रह गर्दछौं ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर