newskoseli.Com

डा. गोविन्द केसीले २४औं दिनमा स्वयं तोडे १६औं अनसन

२४ दिनदेखि जारी प्रा.डा. गोविन्द केसीको १६औं आमरण अनसन उनले एकतर्फी रुपमा शुक्रबार अन्त्य गरेका छन् ।

अनसन तोडेसँगै डा. केसीले आफू चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित भइसकेको अवस्थामा अनसन जारी राख्दा देशमा असहज अवस्था सिर्जना हुने, बिरामीले दुःख पाउने र राज्यले यसै स्वरुपमा आफ्ना कुरा नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् ।

पूर्वप्रधान न्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर उनले अनसन अन्त्य गरेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर