newskoseli.Com

मुख्यमन्त्री पौडेल नै भन्छन्– ‘सिन्डिकेट खारेज भएको छैन’

प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नीतिगत रुपमा यातायात क्षेत्रको सिन्डिकेट खारेज गरिए पनि व्यावहारिक रुपमा भने खारेज नभएको बताएका छन् ।

बुधबार नारायणी यातायात व्यवसायी कम्पनीको उद्घाटन गर्दै हालका दिनमा यातायात व्यवसायी अन्योल र चिन्तामा रहेको आफूले महशुस गरेको उनले बताए । यातायात क्षेत्रलाई समेट्ने छुट्टै ऐन चाहिने उल्लेख गर्दै खर्बौं लगानी रहेको यातायात क्षेत्रको आर्थिक योगदानको कदर गरिने आश्वासन उनले दिए ।

सोही कार्यक्रममा बोल्दै नेकपा स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपानेले देशको आर्थिक क्षेत्रलार्इ विदेशीको कब्जामा पर्न नदिन बेलैमा सचेत हुन अनुरोध गरे । चाँडै यातायात परिषद् गठन गरिने र त्यसको नियमनमा यातायात उद्योगलाई राखिने राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले बताए ।

कार्यक्रममा प्रदेश– ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले यातायात क्षेत्रले यातायात मजदुरलाई नियुक्तिपत्र दिनु पर्नेमा जोड दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर