newskoseli.Com

कम्युनिस्ट नेता कृष्णदासको स्वास्थ्य सुधारोन्मूख : भेटघाट गरे प्रचण्डले

केही दिनदेखि सिकिस्त बिरामी भएर राजधानीस्थित नर्भिक अस्पतालमा उपचाररत पुराना कम्युनिस्ट नेता कृष्णदास श्रेष्ठको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

शुक्रबार अस्पताल पुगेर सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । निमोनियाबाट ग्रस्त भई बिरामी परेका नेता श्रेष्ठको स्वास्थ्य अवस्थाबारे प्रचण्डले जानकारी लिएको उनको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डले नेता श्रेष्ठको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

उपचारमा संलग्न चिकित्सकले नेता श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको बताए । नेता श्रेष्ठको उपचारमा कुनै कमी हुन नदिन प्रचण्डले चिकित्सकसँग आग्रह गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर