newskoseli.Com

चित्रबहादुर केसीको दावी : ‘कम्युनिस्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल’

‘कम्युनिस्ट सरकार’ नरुचाएका कारण विदेशी शक्तिकेन्द्रले राजतन्त्र ल्याउने खेल सुरु गरेको दावी राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले गरेका छन् ।

प्रगतिशील पत्रकार मञ्चले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरणलगायतका उपलब्धिको संरक्षण नगरे राजतन्त्र फर्कने र त्यो पनि गर्न नसके निरङ्कुशता ल्याउने प्रपञ्च भएको उनले बताए । सङ्घीय प्रणालीले मुलुक अस्तव्यस्त भएकाले विदेशी हस्तक्षेप बढेको उल्लेख गर्दै गणतन्त्रमाथि कालो बादल मडारिएको अध्यक्ष केसीले बताए ।

राजनीतिक दलहरुले हरेक ठाउँमा भागवण्डा गरेर भ्रष्टाचारलाई प्रोत्साहित गरेको आरोप लगाउँदै नीतिगत भ्रष्टाचार अहिले झन् बढेको दाबी अध्यक्ष केसीले गरे । मुलुकमा रेमिट्यान्स भित्र्याएर तीन तहको सरकार सञ्चालन नहुने उल्लेख गर्दै सङ्घ र स्थानीय तह बाहेक प्रदेशको कुनै भूमिका नभएको जिकिर उनले गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर