newskoseli.Com

(भिडियो) जनार्दन शर्माको दमदार भाषण : सरकार, नेता र कर्मचारीलाई यसरी थर्काए…

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले वर्तमान सरकारका काम–कारबाहीहरुप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।

सरकार, पार्टीको शीर्ष नेतृत्व र सम्बद्ध कर्मचारी प्रशासन समेतको कटाक्ष गर्दै उनले भनेका छन्– ‘फेरि पनि केन्द्रीकृत मानसिकता देखिएको छ आज राज्यसत्तामा, आज विभिन्न विधेयकहरूमा त्यो कुरा व्यक्त भैरहेको छ, संगठनमा व्यक्त भैरहेको छ, यो कुरा मान्य हुँदैन ।’

केही अघि कर्मचारीसम्बद्ध एउटा कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले भनेका छन्– ‘त्यसका लागि लडेको होइन, संघीयताका लागि ज्यान हत्केलामा राखेर लडेका हौं हामी त्यसकारण यो कुरा मान्य हुँदैन, आज उल्टो दिशातिर गैरहेको छ, यो कुरालार्इ स्वीकार गर्न सकिँदैन ।’

हालै मात्र न्युजकोसेलीलाई उपलब्ध भिडियो क्लिपमा उनले प्रश्न गरेका छन्– ‘प्रदेश सरकारभन्दा माथि सीडीओलाई राखिदिनुपर्ने ? प्रदेश सरकारले कुनै पनि गतिविधि गर्न नपाउने गरी कानुनहरु बनाउनुपर्ने ?’ अझ अगाडि बढेर उनले भनेका छन्– ‘जे भैराखेका छन्, राजनीतिक नेतृत्व र कर्मचारीको नेतृत्वको मिलेमतोमा भैरखेका छन्, दुवैको मिलेमतोद्वारा भैरहेको छ । संघीयताविरोधीहरु जो–जो छन्, तिनीहरुलाई छोडिँदैन र यो कुरा मानिँदैन ।’

भिडियोमा हेर्नोस् पूर्वमन्त्री समेत रहेका नेता शर्माको भाषण–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर