newskoseli.Com

डा. बाबुरामको दावी : ‘यो सरकारबाट समृद्धि असम्भव, भ्रष्टाचार रोक्न अख्तियाको सट्टा लोकपाल’

पर्वत, ४ फागुन ।पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको सरकारबाट नागरिकले चाहेजस्तो समृद्धि सम्भव नभएको बताएका छन् ।

नयाँ शक्ति पार्टीले थालेको जनसंवाद यात्राअन्तर्गत शनिबार पर्वतको सदरमुकाम कुश्मा बजारमा आइपुगेका डा. भट्टराईले लामो समयपछि मुलुकले दुईतिहाइको बहमुत प्राप्त सरकार पाए पनि काम गर्ने सोच र मानसिकता नभएको दाबी गरे । अहिलेको मोडलको विकासले मुलुक र नागरिकले चाहेजस्तो समृद्धि दिन नसकिने उनले व्याख्या गरे ।

बढ्दो भ्रष्टाचार र कमिसनखोरले मुलुक खस्किँदै गएको बताउँदै देशको भ्रष्टाचार रोक्न अख्तियारभन्दा पनि लोकपालको व्यवस्था हुनुपर्ने विचार उनले राखे । सार्वजनिक छवि भएका व्यक्तिहरूलाई संसदप्रति उत्तरदायी बनाएर राष्ट्रपतिदेखि तल्ला पदमा पनि छानबिन गर्ने अधिकार सहितको लोकपालको व्यवस्था गरिएमा मात्र देशको भ्रष्टाचार अन्त्य हुने विश्वास उनले व्यक्त गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर