newskoseli.Com

वकिलहरूको चुनावी भीडन्त : अध्यक्षमा ९ सहित २५ पदमा ६४ को उम्मेदवारी

चैत १६ मा हुने नेपाल बार एशोसियसनको २५औं केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा नौ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षका लागि उम्मेदवारी दिनेमा डेमोक्र्याटिक लयर्स एशोसिएशन (डीएलए) बाट सुनीलकुमार पोखरेल र प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट चण्डेश्वर श्रेष्ठ मैदानमा उत्रेका छन् । त्यसैगरी अन्य उम्मेवदारमा डा. पुष्पप्रसाद खतिवडा, कृष्णप्रसाद शर्मा, रामप्रसाद प्रजापति, तोयनाथ ढुङ्गाना, गजेन्द्रबहादुर थापा, लोकध्वज खाँड र विराट न्यौपाने अध्यक्षको दौडमा मैदानमा उत्रेका छन् ।

बारको २५ सदस्यीय कार्यसमितिका लागि ६४ ले उम्मेदवारी दिएका छन् । नेपाल बार एशोसिएशन निर्वाचन, २०७५ का प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काका अनुसार २५ सदस्यीय कार्यसमितिमा १३ पदाधिकारी र १२ सदस्य रहने व्यवस्था छ ।

महासचिव पदका लागि लीलामणि पौडेल, सुरेन्द्रबहादुर थापा र रामहरि त्रिपाठी गरी तीनको उम्मेदवारी परेको छ । उपाध्यक्षमा सातै प्रदेशबाट एक–एक र एक महिला गरी ८ जना रहने व्यवस्था छ । बारको कार्यसमितिमा एक कोषाध्यक्ष, सदस्यमा दलित एक, मधेशी–मुस्लिम दुई, आदिवासी जनजाति दुई, महिला दुई र आठ जना खुला सदस्य रहने व्यवस्था छ ।

निर्वाचनको कार्यतालिका अनुसार सोमबार उम्मेवादवारी दर्ता गर्ने, फागुन ८ मा दाबी–विरोध र फागुन ११ मा अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची छ । देशभरका १० हजार ३ सय १३ मतदाताले ३५ मतदान केन्द्रबाट मत हाल्नेछन् । बारको केन्द्रीय कार्यसमितिको कार्यकाल ३ वर्षको हुने खबर राससले प्रेषित गरेको छ ।

थप यो पनि पढ्नुहोस्–
रमण श्रेष्ठले किन पाएनन् बारको टिकट ? वकिलको संस्थामा पनि साम्राज्यवादको दबदबा !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर